एमाले महासचिव पोखरेलद्वारा समाजवादी मोर्चाको प्रदर्शनलाई समर्थन

पब्लिक भ्वाईस नेपाल
२०८१ चैत्र १४ गते
एमाले महासचिव पोखरेलद्वारा समाजवादी मोर्चाको प्रदर्शनलाई समर्थन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन्।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मोर्चाको शुक्रबारको जनप्रदर्शनलाई प्रतिगमनविरुद्धको सकारात्मक पहल बताएका छन्। उनले राजनीतिक दलहरूले प्रतिस्पर्धा, आलोचना, र विरोधमार्फत जनअभिमतबाट आफूलाई स्थापित गर्ने प्रयास गर्नुपर्ने बताए।

“तर, यदि कसैले जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि धावा बोल्छ भने, त्यसको डटेर सामना गर्नुपर्छ। इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ। अझ अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,” पोखरेलले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्ने तयारी गरेको छ।

Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?