इनरव्हील सैनामैनाको कार्यसमितिलाई जिम्मेवारीसम्बन्धी अभिमुखीकरणअभिमुखीकरण

अनिता चौधरी
२०८२ श्रावण १९ गते
इनरव्हील सैनामैनाको कार्यसमितिलाई जिम्मेवारीसम्बन्धी अभिमुखीकरणअभिमुखीकरण

इनरव्हील क्लब अफ सैनामैनाको ६५ औं नियमित बैठक सम्पन्न भएको छ।  सैनामैना-२ बाबरीमा शनिबार बसेको बैठकले  वर्ष २०२५/०२६ का लागि चयन भएको नयाँ पदाधिकारीहरुको भुमिका र जिम्मेवारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ। 

क्लबकी अध्यक्ष दुर्गामाया श्रेष्ठको अध्यक्षता तथा  इनरह्विल क्लबका पास्ट नेशनल रिप्रेन्जेटिभ  समिरा श्रेष्ठ ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रमुख अतिथि ध्वजुले नयाँ कार्यसमितिका चार्टर प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्ट, इमिडिएट पास्ट प्रेसिडेन्ट, प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट (VP), सेक्रेटरी, ट्रेजर, आईएसओ, एडिटर, एक्जुकेटिभ मेम्बर र साधारण मेम्बर लगायतका सबै पदका पदाधिकारीहरूलाई उनीहरूको भुमिका र जिम्मेवारीका बारेमा जानकारी गराउनुभएको थियो।

उहाँले इनरव्हील क्लबको विधान तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक पदाधिकारीले कसरी आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्नेबारे स्पष्ट पार्नुभयो।

यो अभिमुखीकरण कार्यक्रमले नयाँ कार्यसमितिलाई आफ्नो कार्यकाललाई प्रभावकारी र सफल बनाउनका लागि आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गरेको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो। कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरूका साथै अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?