ब्राउन सुगर सहित सैनामैनाबाट एक युवा प्रकाउ परेका छन् । बिशेष सूचनाका आधारमा सैनामैना–४ बाट ब्राउन सुगर सहित एक युवा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक आदित्यराज विष्टले जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिका वडा नं ४ बस्ने २१ बर्षिय राम मल्लाहको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको गरिएको छ । पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय रन्यौराबाट थप कारबाही लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको र म्याद थप गरि अनुसन्धनका भैरहेको छ ।
यस अघि पनि यति नै परिणाममा ब्राउन सुगर र गाजासहित सैनामैनाबाटै ४ जना युवालाई प्रकाउ गरि इलाका प्रहरी कार्यालय बुटवल अनुसन्धनका लागि पठाइसेकेको प्रहरी निरिक्षक विष्टले जानकारी गराउनुभयो ।
लागू औषध दुर्व्यसनी नियन्त्रणका लागि प्रहरी कार्यालयले समुदायमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गर्दै आइरहेको छ ।

