सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगितामा मणिमुकुन्दको दोस्रो जित

अनिता चौधरी
२०८१ माघ २६ गते
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगितामा मणिमुकुन्दको दोस्रो जित

२०८१ माघ २६


रुपन्देहीको सैनामैनामा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले लगतार दोस्रो जित हात पारेको छ ।

दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि सैनामैना ६ कलौनीमा सुरुभएको प्रतियोगिताको दोस्रो खेलमा आज गल्कोट भलिबल क्लबलाई ३–१ को सेटले मणिमुकुन्द भलिबल क्लबले हराएको हो ।

प्रतिस्पर्धात्मक भएको पहिलो सेट २८–२६ ले गुमाएको मणिमुकुन्दले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्न सफल भएको हो। मणिमुकुन्दले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौँथो सेटमा २५–२१ अंक जोड्दै जित हात पार्न सफल भयो ।


अब भोलि देखि प्रतियोगितामा दुई खेल हुने खेल संयोजक राजकुमार चौधरीले बताउनुभयो । चौधरीका अनुसार पहिलो खेलमा बिहान ११ बजे कोशी प्रदेश भलिबल क्लब र गल्कोट भलिबल क्लब खेल्नेछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित हात पार्ने उद्देश्यका साथ मैदान उत्रने छन् ।

त्यस्तै, भोलि हुने दोस्रो खेलमा दुई विभागिय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।


खेल प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, र युवाहरूलाई सकारात्मक मार्गमा उन्मुख गराउनु रहेको क्बलका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । यसका साथै, उत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ ,स्पाईकर ,डिफेन्डरलाई ,ब्लकर, सेटर, प्रशिक्षकलाई पनि ७ हजार ७ सय ७७ रुपैँया गरी बिभिन्न विधाहरुमा पनि विशेष पुरस्कार प्रदान गरिने व्यबस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी कलब , नेपाल पुलीस क्लब, नेपाल ए.पि.एफ.क्लब , गण्डकि प्रदेश भलिवल संघ, कोशी प्रदेश भलिवल संघ , गल्कोट भलिवल संघ , मणिमुकन्द भलिवल संघ गरी ७ टिमको सहभागिता रहेको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

Share This Post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?